Duration 48:26

ओलीसँग माधव गुट हारिसक्यो अब प्रचण्ड गुट पनि खुट्टा टेक्छ | Muma Ram Khanal, Analyst | MTV |

5 808 watched
0
62
Published 24 Jul 2020

आजको श्रृंखलामा हामीले विवाद र झमेलामा राजनीतिक नेतृत्व फस्दै विषयमा छलफल गरेका छौं । नेपाली राजनीतिको यो परिदृष्यले केही प्रश्न उठाएको छ । नेपाली राजनीतिमा किन यस्तो भइरहेको छ ? झण्डै दुई तिहाईका जनादेश पाएको पार्टीमा पनि र अत्यन्त सानो जनादेश पाएको पार्टीमा पनि यस्तो किन ? नेपालमा संधै राजनीतिक अस्थिरता ल्याउने मूल कारण के हुन सक्छ ? हरेक पार्टीको नेतृत्व विवाद र झमेलामा किन फसिरहेका छन् ? आज हामी जान्ने प्रयास गर्नेछौं । पछिल्लो नेपाली राजनीति ठीक ट्याकमा अघि बढेको छ या ट्याक गलत छ ? के देख्नु हुन्छ ? सरसर्ती हेर्दा हरेक दलको नेतृत्व विवाद र झमेलामा फस्दै गएको हो कि जस्तो देखिन्छ । सामान्य नागरिकलाई मात्र यस्तो लागेको हो कि सबैलाई त्यस्तै लागेको छ ? मुमाराम खनालको भनाई: पार्टीमा विवाद र वादविवाद हुनु स्वभाविक भए पनि अहिले दलहरुमा देखिएको विवाद सैद्धान्तिक होइनन, आत्मकेन्द्रित र व्यक्तिवादी हुन, पार्टीको आदर्श र निष्ठालाई तिलान्जली दिइएको छ । पार्टीलाई अझ पछाडि धकेल्ने गरी विवाद अघि बढेको पार्टी भित्र विवाद भइरहनु पर्छ कि विषयगत छलफल हुनुपर्छ ? पार्टी भित्रको विवाद स्वभाविक हो ? अहिलेको नेकपा भित्रको विवादलाई स्वभाविक र प्राकृतिक मान्न सकिन्न । प्रचण्ड र माधव नेपाल गठबन्धनले प्रधानमन्त्री ओलीको राजीनामा माग्नु स्वभाविक र प्राकृतिक छ ? पटक्कै छैन , यो अप्राकृतिक र अप्रिय नै हो । प्रचण्ड र नेपालको गठबन्धन कति अघि बढ्छ ? नेपाल समूहले ओली नेतृत्व समक्ष आत्मसमर्पण गरिसकेको छ । प्रचण्को पनि अवस्था त्यही हो । आत्मसमर्पणन गरेको हो र ? हो, यसमा कुनै दुईमत छैन । नभए त्यस्तो ठूलो स्वरमा मागिएको राजीनामा प्रसंग कहाँ हरायो ? कांग्रेस भित्र नेतृत्वको विवाद चाही के हो नि ? प्रधानमन्त्रीको प्रसंग बाहेक बांकी सबै विषयवस्तु नेकपाको जस्तै हो कांग्रेसमा पनि । तपाई साझा पार्टीबाट किन बाहिरिएको नि ? असन्तुष्टिले होइन, यस्तो पार्टीले अब राजनीति चल्दैन भनेर बाहिरिएको हो तर म राजनीतिमा चै सक्रिय छु । पहिले माओवादीको राजनीति, त्यसपछि वैकल्पिक शक्ति भन्दै साझा पार्टी अब तपाईको कुन राजनीति ? देशमा मूल धारको शक्तिशाली पार्टी कुनै देखिएन । त्यसैले अब म सबैलाई समेट्ने मूलधारको शक्तिशाली पार्टी बनाउने अभियानमा छु, अभियान शुरु भइसक्यो । कतै नेकपामा प्रवेश गर्दै त होइन ? विल्कुलै होइन, यस्ता गतिहीन पार्टीमा म कहिल्यै प्रवेश गर्दिन, यो सम्भावनै छैन । नेकपाको विवाद महाधिवेशनले टुंगो लगाउला ? मंसिरमा महाधिवेशन भनिएको छ, मंसिरमा कुनै हालतमा नेकपाको महाधिवेशन हुँदैन । ------------------------------------------------------------------------------------------- Program: Aaj Ko Sandarbha Presenter: Chandar Baniya Guest: Muma Ram Khanal, Analyst Published On: 07/22/2020 --------------------------------------------------------------------- Mountain Television देश विदेशका सबै खबरहरुका लागि नेपालको सबैभन्दा लोकप्रिय न्यूज च्यानल हो । हामी सन्तुलित, निष्पक्ष, विश्लेषण, स्थलगत रिपोर्टिङ्, राजनीति, मनोरञ्जन, कलिहुड, व्यापार, व्यवसाय, रोजगारी, खेलकुद लगायतका ताजा समाचारहरु प्रदान गर्छौ । लाइभ खबर एवंम ब्रेकिङ् समाचारका लागी हाम्रो YouTube Channel Subscribe गर्नुहोला । Mountain Television is the best Nepali News Channel. We cover the latest news in politics, entertainment, Kollywood, business and sports. Stay tuned for all the breaking news in Nepali! Watch the latest Nepali news Live on the Nepal's Most Popular News Channel on YouTube. #MountainTV #NepaliNews# #Nepalnews #LiveNewsNepal #PoliticalNews #SocialNews #LatestNewsNepal #PopularTVShows #TopRatedTVShows #TopRatedTVShows2020 #MumaRamKhanal #ChandraBaniya ------------------------------------------------------------------------------------------------------------- Mountain Live TV | Mountain TV | Nepali News | Nepali News Today | नेपाली न्यूज लाइभ Mountain TV News Channel: Download Nepal's Best Nepali News Mobile App: https://bit.ly/MountainTV_AndroidApp Subscribe To Our Channel: https://bit.ly/Subscribe-Mountain-TV Official website: https://emountaintv.com/ne/ Like us on Facebook https://www.facebook.com/mountaintelevision/ Follow us on Twitter https://twitter.com/nepalmountaintv

Category

Show more

Comments - 8