Duration 10:6

Limbu limbuwan BhagatSubba मैले तक्मा र अवार्डको लोभमा गीत गाएको होईन । Bhagat Subba

183 watched
0
9
Published 4 Jul 2020

" म हराईसकेको मान्छेलाई देउमान केरूङ्ग र कुल्बा सुब्बाले चर्चामा ल्याईदिनु भएकोमा धन्यवाद छ । " " मैले तक्मा र अवार्डको लोभमा गीत गाएको होईन । " " मेरो भावनाहरु,मेरो मनका कुराहरु र मैले गाएका गीतहरु लिम्बुवान भरिका सम्पुर्ण लिम्बू भाषा-भाषी जान्ने लिम्बू र गैर-लिम्बूहरुले सुनिदिनु भयो र बुझिदिनु भयो । त्यही नै मेरो लागि ठुलो तक्मा र अवार्ड हो । " " प्रा. बालकृष्ण माबुहाङ्गले २०२७ मा नै र आदरणीय वैरागी काईला ज्युले २०३० र ३१ सालमा नै रेडियो नेपालमा लिम्बू गीतहरु धुमधामको साथ बजेको सुनेको छु भन्नुभयो । यदि २०२७ र २०३० सालमा लिम्बू गीत रेकर्ड हुन्थ्यो भने मलाई किन २०३४ सालमा राजा विरेन्द्रलाई विन्ती पत्र हालेर पनी लिम्बू गीत गाउन दिएन ? " - भगत सुब्बा (सिङ्गक) वरिष्ठ पहिलो लिम्बू गायक हालै सम्पन्न फाल्गुनन्द फिल्म अवार्ड समारोहमा कुल्बा सुब्बालाई पहिलो लिम्बू गायक भनेर सम्मान गरिएको सम्बन्धमा धेरैजसो लिम्बूहरुले पहिलो लिम्बू गायक मानिएका भगत सुब्बा (सिङ्गक) द्वारा यहि भिडियो मार्फत स्पष्टीकरण दिनु भएको छ । यस भिडियो हेरी तपाईहरुको सल्लाह , सुझाव र टिप्पणीहरुको अपेक्षा गर्दछु । साथै भगत सुब्बा ज्यु सामु तपाईहरुको टिप्पणीहरु प्रस्तुत गरिने छ । छायांकन - सूर्य सिङ्गक लिम्बू https://www.facebook.com/soorya24

Category

Show more

Comments - 2